यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बैतडीका एक ब्यापारी मृत फेला

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न.४ सन्सेरीमाण्डौँ बजारका एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेक डाँडा निवासी ४५ वर्षीय कमलसिंह महरा आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

बिहान साढे ६ बजे स्थानीयवासीले महराको शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय गणेश भाटले बताउनुभयो । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव स्थानीय राम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको हो । घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको टाउको, छाती र शरीरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुष्म ढङ्गबाट छानबिन गरिनुपर्ने स्थानीय प्रताप महराले बताउनुभयो । मृतक महराको पसल बन्द रहेको छ भने, उनको शव आफ्नो पसल भन्दा २ सय मिटर पर भेटिएको हो ।

अहिले इलाका प्रहरी कार्यालय पाटन बैतडीको टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ । 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : १६ बजे