साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन् । 

लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उहाँको परिवारले जनाएको छ ।

उहाँको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको  समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । 

अहिलेसम्म उपचारमा रु नौ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

बेलायतबाट रु चार लाख १० हजार र इजिप्टबाट रु दुई लाख सहयोग प्राप्त भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ५२ बजे