पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

दमौली । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । 

विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलयात्रीको टोली दमौली आइपुगेको हो । 

इलामको अन्तुदेखि सुरु भएको साइकलयात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताउनुभयो । 

टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी हुनुहुन्छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको उहाँले बताउनुभयो । 

साइकलयात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकलयात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकलयात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ । 

‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकलयात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्र्नुपर्ने बताउनुभयो । 

नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : २४ बजे