साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तीन जिल्लामा कोरोना भाइरस विरुद्धको पूर्ण मात्रामा खोप लगाइयो

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप तीन जिल्लामा पूर्ण मात्रामा लगाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले  पत्रकार सम्मेलनमार्फत मनाङ, मुस्ताङ र पूर्व रुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिनुभएको छ । 

यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ । 

मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन् । 

सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । 

कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । 

नेपालमा अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् । 
 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : १० बजे