यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भारतीय संरचनाले नेपाली भूमि डुबानमा; सरकारद्वारा बेवास्ता

कपिलवस्तु – भारतले नेपाल-भारत सीमा आसपासमा एकतर्फी संरचना निर्माण गर्नाले डुबान हुँदा कपिलवस्तुमा २०० बिघामा लगाइएको धान खेती नष्ट भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका- ५ मा डुबान हुँदा १०० भन्दा बढी कृषकको उत्पादन प्रभावित भएको हो ।

भदौ महिनाका आएको वर्षाका कारण कोठी नदीमा आएको बाढीले वडा- ५ का बस्तीसमेत जलमग्न भएका थिए । कोठी नदीमा आएको बाढीले लोधडिह, फुलवापुर र दोहनी गाउँको धान खेती नष्ट भएको स्थानीय लवकुश चौधरीले बताए । तीनवटा गाउँका करिब १०० भन्दा बढी कृषकले लगाएको बाली पूर्ण रूपले नष्ट भएको छ । धानले बाला लगाएको बेलामा बाढी पसेको थियो । पानीको निकास नहुँदा खाल (पानी जम्ने खेत) खेतका धान नष्ट भएको चौधरीले बताए  ।

भारतले सीमा क्षेत्रदेखि करिब एक किलोमिटर आसपासमा माटो पटान गरी अग्लो संरचना निर्माण गर्दै आएको छ । उक्त संरचनाका कारण पानी निकास नहुँदा तराईका क्षेत्रहरूमा डुबान हुने गरेको मानवअधिकारकर्मी रवीन्द्रनाथ ठाकुरले बताए ।

स्थानीय कृषक जवाहिर गिरीले बाढी पसेको पानी निकास नहुँदा डुबान भएको बताए । गिरीले दुई बिघामा खेती गरेको धान बाला लागेपछि नष्ट भएको दुखेसो पोखे । ‘मेरो अन्य ठाउँमा खेत छैन । उत्पादन गरी वर्षभरी जीवन गुजारा गर्ने माध्यम खेती नै हो । अघिल्लो वर्ष सामान्य रूपमा पानी जम्ने भए पनि डुबान हालसम्म नभएको गिरीले बताए । क्षतिको विषयमा हालसम्म कुनै सरकारी निकायले चासो नदिएको कृषकहरूको गुनासो छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ११ बजे