देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जो अभिनय गर्दागर्दै ढले…

काठमाडौं । हाँस्य अभिनेता रमेश केसीको आइतबार अभिनय गर्दागर्दै हृदयाघातका कारण निधन भयो । मट्टारे उपनामले समेत परिचित केसी ७० वर्षका थिए । 

रंगमञ्च, टेलिचलचित्र हुँदै ठूलो पर्दाका फिल्महरूमा अभिनय गरेका केसी आइतबार एक म्युजिक भिडियोमा अभिनय गर्न आफ्नो घर (इमाडोल, ललितपुर) बाट धर्मस्थली पुगेका थिए । बुढ्यौलीमा पनि उत्तिकै जोशका साथ अभिनय कर्ममा दत्तचित्त केसी बेलाबेखत ‘अभिनय गर्दागर्दै मर्न चाहन्छु’ भन्ने गर्दथे । अन्ततः उनको चाहना पूरा भएरै छाड्यो । 

पछिल्लो समय पुरन थापाको त्रिकृष्णे नामक टेलिशृंखलामा प्रमुख भूमिका निर्वाह गर्ने तयारीमा रहेका केसीले तीतो सत्य, हर्के हवल्दार, एकादेशको चुरीफुरी, अब त अति भोलगायतका टेलिशृंखला, पिरिम पर्या छन्, कान्छी मट्याङ ट्याङलगायतका फिल्ममा समेत अभिनय गरेका थिए । 

६ वर्षअघि १९ पुस ०७३ पुस १९ गते अभिनेता विष्णुभक्त फुयाँल पनि अभिनय गर्दागर्दै ढलेका थिए । त्यतिबेला उनले जमलस्थित राष्ट्रिय नाचघरमा नाटक महर्षि यज्ञवल्क्यमा शीर्ष भूमिकामा अभिनय गरिरहेका थिए । एकाएक उनी अचेत भई लडे । लगत्तै उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनको देहान्त भइसकेको घोषणा गरेका थिए । 

थुप्रै नाटक, टेलिफिल्म तथा फिल्ममा अभिनय गरेका वृद्ध अभिनेता फुयाँलको इच्छा पनि अभिनय गर्दागर्दै प्राण त्याग्न पाउँ भन्ने थियो । फुयाँल ७९ वर्षका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ०१ बजे