‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाईको बाछो काटेको अभियोगमा पक्राउ

काठमाडौं – गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : २७ बजे