साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । 

महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । 

प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौैडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिनुभयो । 

यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो ।

दुई वर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिका भित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिनुभयो । 

प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ । रासस 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : २७ बजे