सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

क्यानडामा ट्रडोको दलले ल्याउन सकेन बहुमत, बढी सिट जितेकाले ट्रडो नै प्रधानमन्त्री रहने

 

एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको लिबरल पार्टीले सोमबार भएको संसदीय निर्वाचनमा जीत हासिल गरेको छ । यद्यपि, टुडो संसदमा बहुमत भने पाउन सकेनन् ।

मध्यावधि निर्वाचनमार्फत् आफ्नै दलको बहुमतसहित सत्तामा फर्कने टुडो योजनामा भने धक्का लागेको छ । यस पटक पनि दुई वर्षअघि गराइएको निर्वाचनकै झै परिणाम हात लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

क्यानडाको संसद हाउस अफ कमन्समा बहुमतका लागि १७० सिट चाहिनेमा १५७ सिटका साथ ट्रूडोको लिबरल पार्टी सबैभन्दा ठूलो दल बनेको छ । यसअघि सन् २०१९ मा भएको निर्वाचनमा पनि ट्रूडोको दलले यति नै सिट पाएको थियो ।

वामपन्थी न्यू डेमोक्रेट्स २९ सिट जित्ने देखिएको छ, जुन पछिल्लो निर्वाचनको तुलनामा पाँच सिट बढी हो । ब्लक क्यूबेकोइसको सिट घटेर २८ तथा ग्रीन पार्टीलाई दुई सिट मात्र हात लागेको छ ।

सन् २०१५ मा पहिलो पटक निर्वाचन जितेका ट्रूडो त्यसयता लगातार सत्तामा रहेका छन् । अल्पमतको सरकार चलाइरहे पनि सरकार गिर्ने कुनै सम्भावना नहुँदा पनि ट्रूडो बहुमतका साथ संसदमा फर्कन मध्यावधिमा गएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ०३ बजे