सुनको मूल्यमा नयाँ कीर्तिमान

माधव नेपाल विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं –  नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा(एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दाको सोमबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । 

एमाले अध्यक्ष ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो । 

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ४२ बजे