यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुुल्दै 

युवराज दुङ्गेल

काठमाडौं । यातायात व्यवस्था विभागले ५ महिनाको लामो समयपछि  सवारी चालक अनुमति पत्रको नयाँ आवेदन लिने भएको छ ।

कोरोनाको महामारीको  कारण बन्द भएको आवेदन असोजको दोस्रो सातादेखि खुल्ने विभागले  जनाएको छ ।

नेपालमा दोस्रो लहरको कोभिड बडेसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट भने नयाँ भर्न सकिने गरि तयारी थालेको विभागले जनाएको छ। विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनुनपर्ने व्यवस्था कार्यविधिमा छ।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ३३ बजे