यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अझै भेटिएनन् बेपत्ता टीकाराम टमाटा

बैतडी – महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् ।  

आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर नदीमा खसेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ ।

 बेपत्ता भएका टमाटाको खोजी कार्य जारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासि लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : २६ बजे