यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मादीमा एकै परिवारका छजना हत्याकाण्ड प्रकरण : थप चारजना अनुसन्धानमा तानिए

सङ्खुवासभा । मादी नगरपालिकामा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ । एकै परिवारका छजनाको हत्यामा संलग्न छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

लोकबहादुरका भाइ नरेशलाई समेत प्रहरी नियन्त्रणमा लिईसकेको छ । हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य चार जना माथि प्रहरीले अनुसन्धान थालेको हो । हत्या गरिएको रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो । नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो । अनुसन्धान कै क्रममा रहेको भन्दै चार जनाको परिचय प्रहरीले खुलाएको छैन । उनीहरु घटनाको प्रत्यक्षदर्शी भएको प्रहरीको आशंका छ ।

घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ५८ बजे