यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

युवामा लगानी, समृद्धि र सुखी नेपाली

गाइघाट । स्थानीय क्लब स्वर्णीम युवा कल्व र आदिम कला केन्द्रको आयोजनामा युवामा लगानी, समृद्धि र सुखी नेपाली भन्ने मुल नाराका साथ उदयपुरको गाईघाट बजारमा एकदिने विचार बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. कल्याण रोकाले समृद्धि र सुखी नेपालीको राष्ट्रिय आकाक्षा भएकोे र यसको प्राप्तिमा हरेक क्षेत्रका व्यक्तिहरुको उतिकै महत्व भएको बताउनु भएको छ । काम, उद्यमशीलता रोजगारी समाज र मुलुकको समृद्धि हासिल गर्ने कुराको प्रमुख पक्ष भएको र त्यसमा पनि युवा शक्तिको श्रमप्रतिको लगाव र सम्मानले देशमा समृद्धि प्राप्त गर्न सहयोग पुग्ने डा. रोकाले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय क्लब, सहकारी संस्थाका प्रतिनिधिहरु र विभिन्न राजनीतिक संगठनका युवाहरुको उपस्थिति रहेको थियो ।

​​​​​​​

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ०६ बजे