साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससंग पराजित

काठमाडौं – एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससङ पराजित भएको छ । 

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । 

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो । 

खेलको ३९औं मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन् ।   नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बेहोरेको थियो । 

अब नेपालले मंगलबार हङकङसङ खेल्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ०३ बजे