सुनको मूल्यमा नयाँ कीर्तिमान

दुर्घटनामा एकको मुत्यु

काठमाडौं । भीमेश्वर नगरपालिका स्थित मकैबारीमा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिका वडा ७ मकैबारि स्थित भएको  दुर्घटनामा परि मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षिया सन्तोष थामीको ज्यान गएको हो । दोलखा भीमेश्वर मन्दिर दर्शन गरि काठमान्डौँ तर्फ जाने क्रममा  बा ३ ख ४७३३ नम्बरको बस र मकैबारीबाट चरिकोट आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाईकल  रहस्यमय रुपमा एकआपसमा ठोक्किदा ट्राफिक नियम तोडेको मोटरसाईकाल सवार ३ जना मध्ये चालकको घटना स्थालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनमा घाईतेहरु  सारदा थामी  र सुजिता थामी दुवैको  अवस्था गम्भीर  रहेको प्रहरीले जनाएको छ । घाईते दुवैलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ५७ बजे