सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन् । 

सोही अवधिमा २१८ जनाको भाइरस सङ्क्रमण कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । 
एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । 

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ । 

गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १४ लाख ४८  हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो ।

रासस÷एएनआई

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ५७ बजे