साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु

वालिङ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ । 

कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो ।

एघार स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा कोरोना सङ्क्रमणबाट २७ जना जनाको मृत्यु भएको छ । सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ । 

यस्तै कोरोनाबाट गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६÷६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई दुुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।

जिल्लामा शुक्रबारसम्म तीन हजार ७२८ पुरुष र तीन हजार १० महिला सङ्क्रमित भएका छन् । हाल जिल्लामा ९८ पुरुष र ८१ महिला गरी १७९ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म तीन हजार ५६८ पुरुष र दुई हजार ८९१ महिला निको भई घर फर्किएका शर्माले जानकारी दिनुभयो । जिल्लामा हाल १७७ सङ्क्रमित होम आइसोलेसनमा छन् । 

जिल्लामा हालसम्म ७९ हजार ९८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६१ हजार नौ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : १२ बजे