डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

जुम्ला । जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा  जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका  १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा पारेको हो । यो त एउटा उदाहरण मात्रै हो । जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरू भएसँगै वाढीपहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ ।

गाउँ–गाउँमा प्राविधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ ।  जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिकाका अमृत कृष्ण आचार्यले बताए  । 

‘जमिन नै हलचल गराउने गरी बिना अध्ययन र योजनामा डोजरबाट बाटो निर्माण गरिएको छ’, उनले भने, ‘यसरी खनिएका बाटोले बस्तीलाई जोखिममा पारेको छ ।’ 

जुम्ला केही मन्त्री र नेता, कार्यकर्ताको स्याउ बगैँचामा  सडक पुर्‍याउने होडबाजीले सडक निर्माण गरिरएको छ ।  जसको परिणाम भिरालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको हो । 

रानारावत गाउँको जमिन भासिँदा  ठिन्केजल विद्युुत आयोजनाको कुलो भत्काउँदा चन्दननाथ नगरपालिएकाको  १ देखि ५ वडासम्मको  विद्युत सेवा एक महिनादेखि अवरुद्ध भएको ठिन्केजल विद्युत आयोजनाका अध्यक्ष बिष्णुबहादृर बुढ्थापाले बताए । 

भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावत भन्छन्, ‘ठूलाबढाको  स्याउ बगैँचामा  सडक पु¥याउने  योजना माथिबाटै आएको हो । हाम्रो प्राविधिक सहयोग  थियो । वर्षा रोकिने बित्तिकै नियमित रूपमा सडक विस्तारको काम हुन्छ ।’ 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ५५ बजे