‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उपप्रमद्वारा पूर्वप्रम खनालको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले)का  वरिष्ठ नेता  झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले  पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिनुभयो ।
 
कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।
 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २६ बजे