‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एकैदिन ७ हजार १३७ कोरोना संक्रमित थपिए, २७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ४१ बजे