सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

काठमाडौं – चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । 

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।
 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ३० बजे