सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छः पाकिस्तानका गृहमन्त्री

इस्लामाबाद – पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताउनु भएको छ ।  बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उहाँले यो टिप्पणी गर्नु भएको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जनाएको छ  । 

सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहाएका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ  ।तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो ।   यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको बिरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए ।

अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामाबादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाई रहेको बताइन्छ ।  यद्यपि अन्तर्राष्ट्रिय समूदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन । तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन् । 

ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरु कोलागि ‘तत्काल र निरन्तर’ समर्थन को लागी यस हप्ताको सुरुमा अपिल गर्नुभएको छ ।‘अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधवार भन्नु  भएको छ । 

विश्वव्यापी रुपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय समुदायलाई  अफगानिस्तानसंग संलग्न हुनुपर्ने ग्रान्डीले बताउनु भएको छ ।

रासस÷एएनआइ

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ४६ बजे