सुनको मूल्यमा नयाँ कीर्तिमान

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१२, कालीझोडामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मे१त ७०६३ नम्बरको ट्याक्टरमा को २०प ४ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब साढे ८ बजे ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–६ का ३५ वर्षीय दिलीपकुमार कार्की र पछाडि सवार मेचीनगर नगरपालिका–१३ का ३० वर्षीया युवराज लिम्बूलाई उपचारका लागि बीएन्डसी अस्पताल पठाइएको थियो । लिम्बूको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीचौकी चारआलीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १२ बजे