साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चीनबाट आज थप ४४ लाख डोज खोप नेपाल आइपुग्दै

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको ४४ लाख मात्रा कोभिड १९ विरुद्धको भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । 

सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकी रहेको ४४ लाख डोज खोप आज आउन लागेको हो । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने सरकारी तयारी छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने तयारी छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ८ : १६ बजे