‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रतिबन्धित भारतीय रूपैयाँ सहित १ जना पक्राउ

पर्सा – वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका-४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलामा उक्त भारतीय रूपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई उक्त बरामद रकम र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  २ : ४४ बजे