कोभिड खोप लगाएका महिलामा देखियो यस्तो समस्या

एजेन्सी –  वेलायतमा कोभिडबिरुद्ध खोप लगाएका महिलामा मासिक धर्ममा समस्या देखिएको छ । हालै गरिएको एक सर्वेक्षणमा तीस हजार भन्दाबढी महिलाले खोप लगाएपछि आफ्नो पिरियड रोकिएको बताएका छन् । 

उनीहरुले महिनावारी अनियमितदेखि अस्वभाविक पीडा हुने गरेको गुनासो गरेका छन् । गुनासो गर्ने महिलाले फाइजर, अस्ट्राजेनेका र मोडेर्ना खोप लगाएका थिए । 

खोप लगाएका महिलाको उर्वरतासम्बन्धी समस्या भने नदेखिएको लन्डनस्थित इम्पेरियल कलेजकी डा. भिक्टोरिया मेलले बताइन् । ब्रिटीश मेडिकल जर्नलमा एउटा लेख लेख्दै यसबारे थप अनुसन्धान आवश्यक भएकोे उनले बताइन् । 

महिनावारीको समयमा खोपप्रति शरिरको प्रतिरोध क्षमतामा परिवर्तन आउँदा महिलामा यस्तो समस्या देखिएको डा. मेल बताउछिन् । 

औषधी तथा स्वास्थ्य उपचार उत्पादन नियामक निकाय एमएचआरएले कोभिड खोप र महिनावारीबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको जनाएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १ : १४ बजे