साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले स्थायी कमिटी बैठक :  कोभिडविरुद्धको  लडाइँमा स्वयम्सेवी रुपमा परिचालित हुन समग्र पार्टी पंक्तिलाई आह्वान

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)स्थायी कमिटी बैठक सकिएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारलाई सुझाव दिएको छ। 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न र संक्रमणविरुद्ध एकजुट भएर लाग्न पार्टी पंक्तिलाई आह्वान गर्दै बैठक सम्पन्न भएको हो। 

‘प्रवक्ता ज्ञवालीका अनुसार बैठकले कोभिड बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरु, उपकरण, खोप अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तिब्रताका साथअ गाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले  समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाइँमा स्वयम्सेवी रुपमा परिचालितत हुन  आह्वान समेत गरेको ज्ञवालीले बताउनुभयो ।  

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा एमाले स्थायी कमिटीको बैठक आइतबार दिउँसो आकस्मिक रुपमा बालुवाटारमा बसेको थियो ।  

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  २ : ४३ बजे