देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग, केशव निरौला अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरेको छ । राष्ट्रिय भूमि आयोगका नाममा गठित आयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई अध्यक्ष नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । देउवा सरकारले कार्यकालको सुरुआतमै सो आयोग विघटन गरेको थियो । आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको बेला देउवा सरकारले भंग गरेको थियो । 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : २८ बजे