थप १ हजार ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार ८४४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार २२० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार ३०३ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ७ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ९९१ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : ४५ बजे