विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बेलायती कम्पनीले लाखौं डलर घुस दिएको खुलासा

एजेन्सी –  बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौं डलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो ।

सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई पाँच लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिस अमेरिकन टोब्याको (व्याट) संलग्न रहेको थियो । व्याटले दक्षिण अफ्रिकामा घुस दिने र प्रतिद्वन्द्वीलाई क्षति पु-याउन गैरकानूनी ढंगले निगरानी गरेको थियो ।

तर, व्याटले आफ्नो कम्पनीको आँचरण उच्च राख्न प्रतिबद्ध भएको जनाएको छ ।

आर्थिक अनियमित, ठगी र हिंसाका कारण मुगावेको ३७ वर्ष लामो शासनकाल ओझेलमा पारेको थियो ।  सन् २०१७ मा सत्ताच्यूत गरिएका मुगावेको सन् २०१९ मा मृत्यु भएको थियो । सत्तारुढ जानु-पीएफमा अहिले नेता चयन भएका छन् ।

खोज पत्रकारीता व्यूरो र बाथ विश्वविद्यालयको संयुक्त अनुसन्धानमा बीबीसीले आर्थिक हिनामिनाबारे चुहावट भएका हजारौं कागजात प्राप्त गरेको जनाएको छ ।व्याटले दक्षिण अफ्रिकामा झन्डै दुई सय गोप्य सूचनादाताको सञ्जाल स्थापना गरेको अनुसन्धानमा देखिएको छ । अधिकांश सूचना दक्षिण अफ्रिकी निजी सुरक्षा कम्पनी फर्सेनिक सिक्योरिटी सर्भिसबाट प्राप्त भएका थिए । 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : ४२ बजे