‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यसरी बन्छ लुम्बिनीमा एमालेको सरकार, पोखरेल एकल बहुमतका मुख्यमन्त्री

काठमाडौं – लुम्बिनी प्रदेशमा एमालेले एकल बहुमतको सरकार बनाउने भएको  छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजिनामा स्वीकृत भइसकेको छ । अर्को सरकार नबन्दासम्म पोखरेल नै मुख्यमन्त्री रहनु हुनेछ । 

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमतप्राप्त संसदीय दलको नेता को हैसियतले पोखरेलले पुनः सरकार बनाउनु हुनेछ । अव सरकार बनाउन प्रदेश प्रमुख धर्मनाथ शाहले संविधान बमोजिम आब्हान गर्नुहुनेछ । 

त्यसोगर्दा, बहुमत प्राप्तदलको नेतालाई उहाँले सरकार बनाउन आब्हान गर्नुहुनेछ । त्यस अनुसार, फेरी पोखरेल एमालेको एकल बहुमतको मुख्यमन्त्री बन्नुहुनेछ । लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सदस्यमुक्त भएपछि अहिले प्रदेशसभामा ८१ जना सांसद छन् । त्यसमा एमालेका मात्र ४१ जना छन् । ८१ मा ४१ भनेको  बहुमत हो । एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले पनि एकल बहुमतको सरकार बनाउन राजिनामा दिएको चक्रपथलाई बताउनुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : १० बजे