साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अमेरिकाद्वारा नेपाललाई २३१ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिकाले नेपालसमक्ष २३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २३० रन बनाएको हो ।

अमेरिकाका लागि मोनांक पटेलले शतक प्रहार गरे । उनले ११४ बल खेल्दै शतक बनाएका हुन् ।

नेपालका लागि सुशान्त भारीले १० ओभरमा ३१ रन दिएर २ विकेट लिन सफल भए । यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै २ विकेट लिए । नेपालका अर्का खेलाडी विक्रम शोबले ६ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । अर्का खेलाडी कुशल मल्लले एक विकेट लिन सफल भए ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : १७ बजे