‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत  सप्तरीको पोर्ताह (गिदखोरा) मा  मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ  । 

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५  पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो  । 

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४३ बजे