विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इरानमा भूकम्प

तेहरान – इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ ।

तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

रासस÷एएनआई

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : १२ बजे