सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मुख्यमन्त्री शाक्य र दातृ निकायबीच छलफल

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशमा विकास साझेदारका रूपमा काम गर्दै आएका दातृ निकायले विकासको काम गर्दा विकटका ग्रामीण नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

बागमती प्रदेशमा काम गर्दै आएका विदेशी दातृ निकायका प्रतिनिधिहरुसँग आइतबार मकवानपुरको इन्द्रसरोवरमा भएको छलफलमा उहाँले विकास साझेदारहरुलाई नीतिगत हिसाबले प्रदेश सरकार सहयोग गर्न तयार रहेको स्पष्ट गर्नुभयो । 

विकासका साझेदारहरुले कुनै पनि काम गर्दा  त्यसलाई कार्यान्वयन गर्नुपर्ने र सहज बनाउनेतर्फ जोड् दिनुपर्ने उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री शाक्यले कुनै पनि काम गर्दा मानव सूचकाङ्क कम भएका क्षेत्रमा गएर काम गर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख सल्लाहकार माधव अर्याल तथा मुख्यमन्त्री कार्यालयका पदाधिकरीहरुको सहभागिता थियो ।    
 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ३२ बजे