‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कारभित्र मृत भेटिएका बालकको पहिचान खुल्यो, गाडी मालिक नियन्त्रणमा

काठमाडौं । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र फेला परेका तीन बालकको पहिचान भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र  लक लागेको अवस्थामा शव फेला परेका थियो । शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानकालागि गाडी मालिक  र चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : १५ बजे