‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काउने १ जना पक्राउ

बाँके – प्रहरी हुँ भनि सर्वसाधरणलाई धम्काएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका-६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर परिसर नजिकको पार्कमा आफूलाई प्रहरी हुँ भनि सर्वसाधरण नागरिकलाई धम्काई जाँच तथा सोधपुछ गर्ने शाहीलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : १२ बजे