‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अन्दाजी ११ बर्ष उमेरसमुहका तीन बालकको शव कारभित्र फेला 

काठमाडौं । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीनवटा शव फेला परेको छ । अन्दाजी ११ बर्ष भन्दा कम उमेर समुहका तीन बालक पार्किङ्ग गरिराखेको कारभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेका हुन । चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन् , तर घटनाको बारेमा अहिले केहि भन्न सकिने अवस्था छैन, इलाका प्रहरी कार्यालय तुलसीपुरले भनेको छ ।
शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको हुँदा कारभित्र हेर्दा ती शवहरु देखेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न प्रहरीको विशेष टोली तुलसीपुर पुगेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ४१ बजे