सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओली सरकारले सुरु गरेका १४०० सडक आयोजना स्थगित

काठमाडौँ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएका  एक हजार चार सय सडक आयोजना कार्यान्वयन स्थगित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको संशोधन बजेट मार्फत् ती सडक आयोजना कार्यान्वयन स्थगित गरिएको हो । शुक्रबार संसद बैठकमा पेस गरिएको संशोधित बजेटमा भनिएको छ, ‘आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरेको छ ।’

पूर्वप्रधानमन्त्री केपी ओलीले यसअघि आफ्नो सरकारले शिलान्यास गरेका सडक योजना कार्यान्वयन खारेज गर्न लागेको भन्दै वर्तमान सरकारको विरोध गर्नुभएको थियो । 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ५१ बजे