‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

कास्की –  ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका- ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ३७ बजे