सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल भारतीय कोइलाको सर्वाधिक ठूलो आयातकर्ता

एजेन्सी – भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ । 

भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ । 

उत्पादनभन्दा माग बढी भएकोले आपूर्तिमा कठिनाई भएको मन्त्रालयले जनाएको छ । ‘माग बमोजिम आपूर्तिमा कठिनाई भए पनि भारतले आर्थिक वर्ष ०२०÷०२१ मा आफ्ना छिमेकी मुलुकमा गुणस्तीय कोइला निर्यात गरेको छ ,’ मन्त्रालयले भनेको छ । 

प्रर्याप्त कोइला खानीका बाबजुद उत्पादित कोइलाले माग धान्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । भारतले उच्च गुणस्तरको कोइला आपूर्ति सिमित भएको पनि स्वीकारेको छ । माग र आपूर्ति संतुलित पार्न तथा गुणस्तीय कोइला उत्पादन गर्न अन्य मुलुकबाट खरानी कम भएको कोइला आयात गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भारतले विभिन्न देशबाट कच्चा कोइला आयात गर्छ । 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ९ : ५७ बजे