एमसीसीविरुद्ध काठमाडौँमा व्यापक प्रदर्शन  (फोटोफिचर)

काठमाडौं – अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ । 

सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् । 

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । 

माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो छ ।

​​​​​​​

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४३ बजे