विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आजबाट सेयर लगानीकर्ताहरु रिले अनसनमा बस्ने

काठमाडौँ – राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमाविरुद्ध आजबाट सेयर लगानीकर्ताहरु रिले अनसनमा बस्ने भएका छन्  ।

पुँजीबजार सुधार संघर्ष समितिको नेतृत्व गरेका रामकृष्ण ढकाल लगायत अन्य लगानीकर्ताहरुले माइतीघर मण्डलामा आजबाटरिले अनसनमा बस्ने भएका हुन्। आफुहरुले राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको २ दिन बितिसक्दा समेत कुनै सुनुवाइ नभएपछी आजबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गर्न लागिएको हो। आज दिउँसो ३ बजे देखि बेलुका ५ बजेसम्म हुने अनसनमा दीपेन्द्र अग्रवाल, रोहन कार्की, उमेशराज सिलवाल, आदित्य सिवाकोटीलगायत अन्य लगानीकर्ताहरुको समेत उपस्थिति रहनेछ। 

ढकालले बजारमा सुधार चाहने लगानीकर्तालाई उक्त कार्यक्रममा उपस्थित हुन् आग्रहसमेत गरेका छन्।

संघर्ष समितिले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए। गभर्नर बजारप्रति सकारात्मक रहेको र उचित कदम चाल्ने आश्वासन दिएपनि कुनै कदम नउठाएपछि आफुहरु बाध्य भएर रिले अनसनको सुरुवात गर्न लागेको पुँजीबजार सुधार संघर्ष समितिको नेतृत्व गरेका रामकृष्ण ढकालले बताउनु भयो ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ३१ बजे