साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कोरोना महामारीसँग जुद्न अमेरिकाद्वारा नेपाललाई थप ८५ लाख डलर सहयोग प्रदान

काठमाडौं ।   कोरोना महामारी सामना गर्न अमेरिकाले नेपाललाई थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालमा कोरोना महामारीले झन विकराल रुप लिनलागेसँगै अमेरिकाले आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग ९यूएसएड० मार्फत् सो सहयोग प्रदान गर्नलागेको हो । 
‘योे सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्ने  दूतावासको विश्वास छ।
सो सहयोगबाट कोभिड काउन्सिलिङ ९परामर्श०, पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ।
दूतावासले कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदैयो समस्यामा नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् दुतावासले भनेको छ । 

‘अमेरिका र नेपालबीचको ७०–वर्षे बलियो सहकार्य र साझेदारीलाई थप सशक्त पार्ने अमेरिकाले आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ,’ दूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : २५ बजे