साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जित

काठमाडौं – ​​​​​​​नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हासिल गरेको छ । रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले यो खेल जितेको हो ।

आज ओमानमा भएको उक्त खेलमा पपुवा न्यूगिनीले पहिलो ब्याटिङ गर्दै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य ३९.३ ओभरमा ८ विकेट गुमाउँदै हासिल गरेको छ । रोहितकुमार पौडेलले ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल कामी आउट नभएर २२ रन बनाएका थिए ।

पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : १७ बजे