सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा सुरु

काठमाडौँ । कोरोना महामारीको दोस्रो चरण शुरु भएपछि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा शुरु भएको छ । गत वैशाख १६ देखि बन्द भएको ट्रायल परीक्षा गत आइतबारबाट पुन सुरु भएको हो । 

अनलाइन फारम भरेर लिखित परीक्षा र ट्रायलको प्रतीक्षामा रहेका करिब ३ लाख व्यक्तिहरूले आइतवरदेखि पालैपालो सवारी चालक अनुमति पत्रको परीक्षा दिन पाउने भएका छन् । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले वैशाखदेखि स्थगित गरिएको परीक्षामा क्रमशः पालो आउने भएकाले सेवाग्राहीले यातायात व्यवस्था कार्यालयको सूचना हेर्न आग्रह गर्नुभयो । 

महानिर्देशक घिमिरेले हाललाई प्रतीक्षामा रहेका व्यक्तिहरूको परीक्षा सकिएपछि मात्र नयाँ सवारी चालक अनुमति पत्रको फारम खुलाउने जानकारी दिनुभयो । 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ०७ बजे