‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काभ्रेमा भोलिदेखि निषेधाज्ञा

काठमाडौं । काभ्रेपलाञ्चोकमा भोलिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हो ।

वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने जनाइएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा–सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लरलगायत सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : २५ बजे