साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पार्टीको ऐझेरु झरेपछिः एमाले अझ शक्तिशाली 

 

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली राजनीतिमा अत्यन्तै प्रभावशाली पार्टी हो। जनताको प्रिय पार्टी जनताले रुचाएको पार्टी र जनताको मन मष्तिकमा वास बस्न सफल पार्टी नेकपा एमाले जसरी हिजो थियो आज छ र भोलि पनि उत्तिकै लोकप्रिय बन्ने कुरामा कुनै शङ्का छैन।

विचारले परिपक्व सिद्धान्तले निर्देशित एवं सुसङ्गठित एमाले जहाँ नेपाली त्यहाँ एमाले यसरी फैलिएको छ एमाले नभएको कुनै ठाउँ छैन कुनै घर छैन। माथि देखि तलसम्म जरो गाडिएको नेकपा एमालेलाई निकै ठुलो आँधी तुफान र हुरीले पनि उडाउन सक्दैन। सतिसाल झैँ ठिङ्ग उभिइरहन्छ।यो पार्टीको हरेक क्रियाकलापहरू हेर्ने हो भने जनप्रिय राष्ट्र प्रिय र राष्ट्र भावले ओतप्रोत भएको पाइन्छ। यसका बारेमा सयौँ प्रमाणहरू पेस गर्न सकिन्छ साथै पार्टीलाई हाँकेर यहाँ सम्म ल्याउने नेताहरूको भूमिका पनि कम छैन विशेष गरेर पछिल्लो समयमा केपी शर्मा ओलीले पार्टीको नेतृत्व सम्हाले पछि पार्टी हाँक्दा होस् या सरकार सञ्चालनमा होस् प्रशंसा योग्य कार्यहरू अत्यन्तै धेरै गर्नु भएको छ यसले सारा नेता कार्यकर्ताहरूले गौरवको अनुभूति गरेका छन्। तर यति हुँदा हुँदै पनि यस पार्टीले बेलाबखत कठिन परिस्थितिको सामना गर्नु परेको यथार्थ पार्टी इतिहासमा छ।

२०५४ साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव प्रभावशाली नेता कमरेड मदन भण्डारी गुमाउनु पर्‍यो। नवितम विचारक जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारी लाई गुमाउनु पर्दा कार्यकर्तामा छाएको निराशताले सङ्गठनमा पर्न गएको असर लाई व्यवस्थित गर्दै अगाडि बढ्ने क्रममा केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ र आत्म कुण्ठा कोल कारण २०५४ साल फागुन २९ गते नेकपा एमालेलाई विभाजन गरी वामदेव गौतम  सिपी मैनाली लगायतले माले पार्टी गठन गरे।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा ९ महिना सरकार सञ्चालन गरेर जनता माझ लोकप्रियता कमाएको एमालेलाई विभाजित मालेका नेताहरूले अनेकौँ भ्रम फैलाउँदै तथानाम गाली गलोज गरी नेकपा एमाले यो धर्तीबाट बिलाउने जस्ता शब्द खर्चिन पनि पछि परेनन् तर सुसङ्गठित व्यवस्थित एवं विचारले खारिएका नेकपा एमालेका कार्यकर्ता सामु उनीहरूको केही लागेन र २०५६ सालको निर्वाचनमा माले पार्टी धूलो भयो र परिणाम शून्य हात पर्‍यो भने चौतर्फी घेराबन्दी र आक्रमण भए पनि नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा स्थापित भयो।

त्यसैगरि पार्टीका तत्कालीन उपाध्यक्ष अशोक राई लगायतले पार्टीसँग केही विषयमा असहमत जाहेर गर्दै पार्टी परित्याग गरी २०६९ साल मङ्सिर ७ गते काठमाण्डौको राष्ट्रियसभा बाट सङ्घीय समाजवादी पार्टी नामक नयाँ पार्टी गरे। उनी सँगै एमालेमा निकै योगदान गरेका नेताहरू पनि गएका थिए। यिनीहरूले पनि एमालेलाई कमजोर बनाउन अनेकौँ प्रयास गरे तर  नेकपा एमालेको मजबुत दर्बिलो सङ्गठनलाई कुनै असर पुर्‍याउन सकेनन्। 

 २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा नेकपा एमाले अझ शक्तिशाली पार्टी बन्यो अशोक राई लगायतका एमाले छोड्नेहरू बिलाए। अहिले पनि नेकपा एमाले बाट माधव नेपाल लगायत केही व्यक्तिहरू चोइटिएर गत भाद्र ९ गते नेकपा एकीकृत समाजवादी नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। व्यक्तिगत स्वार्थ आत्मा कुण्ठा गुटगत स्वार्थ आदिले गर्दा यो यात्रामा उनीहरू लागेका छन्।

कुनै वैचारिक सैद्धान्तिक मतभेद होइन मात्र पद प्रतिष्ठा मान सम्मान नपुगेको जस्ता अभिव्यक्ति मिडियामा सार्वजनिक गर्दै हिँड्ने माधव नेपालमा दम्भ अंहकार र घमण्डता उत्तिकै चरम उत्कर्ष थियो। कम्युनिस्ट सिद्धान्त चरित्र र नैतिकताको धज्जी उडाउँदै निजी लाभमा दत्तचित्त भएर अघि बढेका यस्ता व्यक्तिहरूलाई जनताले धिक्कार्नु भन्दा अरू केही पनि हुन सक्दैन। नेकपा एमालेको सरकार ढालेर काङ्ग्रेसलाई सरकारको चाँवी बुझाउने माधव नेपाललाई सारा नेपाली जनताले सूक्ष्म ढङ्गले नियाल्दै कठोर सजाय दिनको लागि पर्खेर बसेका छन्।

सिङ्गो कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेर इतिहासको पानामा कालो अक्षरले नाम लेखाउन सफल माधव नेपाल लगायत उनलाई साथ दिने अन्धभक्तहरू गद्दार मात्र होइनन् महा गद्दारका रूपमा स्थापित भएका छन्। सहिदहरूको बलिदान र जनताहरू सँग गरेका बाचालाई लत्त्याउँदै दक्षिणपन्थी सामन्तवाद लाई मौलाउन ऊर्जा प्रदान गर्ने आफूलाई असली कम्युनिस्ट ठान्ने, क्रान्तिकारी कम्युनिस्ट मै मात्र हु भनेर भ्रम पाल्ने गैर-कम्युनिस्ट चरित्र बोक्ने माधव नेपाल इतिहासकै कलङ्कको रूपमा खडा भएका छन्।कुनै असर पुर्‍याउन सकेनन्।

टुटफुट र विभाजनको सृड्खला लाई हेर्दा जस जसले जानजुन बेला पार्टीलाई धोका दिएर नेता कार्यकर्ताको भावनालाई कुल्चँदै पार्टी छोडेर नयाँ पार्टी बनाउँछन् र एमाले प्रति सतहमै उत्रिएर गाली गर्न खनिन्छन् बदनाम गर्न लागि पर्छन् अनेकौँ भ्रामक प्रचार गर्न पनि पछि पर्दैनन् तर आखिर उनीहरू नै नामनिसान नरहने गरी बिलाएर जान्छन् जस्तै सी.पी. अशोक र वामदेव ज्वलन्त उदाहरण पात्रहरू हुन्।

आज नेकपा एमालेबाट चोइटिएको नेकपा (एस) नामक पार्टीको हालत पनि यस्तै हुनेमा कुनै शङ्का छैन। इतिहासलाई फर्केर हेर्दा जब जब पार्टी भित्रका ऐझेरुहरू झरेर जान्छ तब तब नेकपा एमाले अझ शक्तिशाली बन्दै गएको छ। जनताको आशा भरोसा र विश्वासको केन्द्रबिन्दु नेकपा एमाले आगामी दिनमा पनि सशक्त सुसङ्गठित व्यवस्थित पार्टी बन्दै आउँदो निर्वाचनमा स्पष्ट बहुमतका साथ संसद्मा उपस्थित हुनेछ र समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्नेछ।

लेखकः बुद्दिमान परियार ( सदस्य: राष्ट्रिय प्रतिनिधि परिषद् नेकपा एमाले)

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : २४ बजे