‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोभिड १९ बाट नागरिक बचाउन विवेकशील साझाको ६ बुँदे सुझाव

काठमाडौँ  । विवेकशील साझा पार्टीले कोभिड १९ संक्रमणबाट बच्न ६ बुँदे सुझाव दिएको छ। 

पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरेर कोभिडले उब्जाएको जटिल परिस्थितिसँग जुध्‍न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई  सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा बताएका छन् । 

पार्टीले काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोभिड संक्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत(साधनको समुचित प्रयोग सुझाव दिएको छ । सेना र प्रहरीसमेतको सहयोग लिएर कोभिड प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना गर्न पनि माग गरेको छ। 

सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न, मित्र राष्ट्रहरू खासगरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीई । जस्ता आवश्यक सामग्री सहयोग गर्न, हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्‍चालन गर्न, निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइपरे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्‍न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी गर्न विवेकशील साझाले सरकारलाई सुझाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ५५ बजे